२४ वर्षीया युवतीको पेटबाट निकालियो ६ किलो कपाल | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

एजेन्सी, २४ असोज । स्वास्थ्य क्षेत्रमा कतिपय पत्याउनै गाह्रो यस्ता वास्तविकता सामन्ने आईदिन्छ कि सबैलाई आश्चर्यचकित नै बनाउने गर्छन् । यस्तै पत्याउनै मुस्किल तर वास्तविक घटना दक्षिण पश्चिम इङल्याण्डमा देखिएको छ, जहाँ २४ वर्षकी सोफी कक्सको पेटबाट ६ किलो वजन भएको कपालको पोको निकालिएको थियो । यो घटनाले शल्यक्रियामा खटिएका चिकित्सकनै अचम्मा परेका थिए ।

सोफी ट्रिचोटिलोमेनियाबाट पीडित थिइन् । यो समस्या भएका मानिसहरु आफ्नो कपाल लुछेर आफैँ खान्छन् । सोफी लागतार ७ वर्षदेखि निन्द्रामा आफ्नै कपाल खाईरहेकी थिईन् । बाल्यकालमा सोफीले आफ्नो कपाल खाने गर्थिन् तर ठूलो भएपछि उनलाई लाग्यो उनको यो बानी छुटिसकेको छ । यद्यपी निन्द्रामा कपाल खाने गरेको बारे सोफी आफैँ पनि अन्जान थिईन् । तर अचानक उनको तौल घट्न थाल्यो र उनको टाउकोमा कपाल पनि कम हुन थाले । तर पनि उनले अझै थाहा पाइनन् उनको समस्या के थियो ।

hair in stomach

२०१२ देखि १४ सम्ममा उनको तौल निकै कम भएको थियो । यही बीचमा उनी गर्भवती भइन् । गर्भमा शिशु हुँदा उनको पेट निकै दुख्न थाल्यो । २०१५ को अक्टोबरसम्म सोफीको हालत निकै खराब भईसकेको थियो । क्यान्सरको शंका लागेर चिकित्सकले सोफीको क्यान्सर टेष्ट समेत गरको थियो तर रिपोर्ट नेगेटिभ देखियो । जब नोभेम्बर २०१५ मा सोफीको भिडियो इण्डोस्कोपी गराईयो तब थाहा भयो कि उनको पेटमा कपालको ठूलो पोको नै छ । यसको तौल साढे ६ किलो थियो । सर्जरी गरेर यो गुच्छा निकालेपछि सोफीले निकै राहत पाएको बताएकी छिन् । सोफी अहिलेपनि चिकित्सको नियमित चेकजाँचमा रहने गर्छिन् ।

sofi

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);