अपडेट : गौचनको हत्यामा संलग्नलाई पक्राउ गर्न राजधानीका सबै नाकामा सिल | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

काठमाडौँ, २३ असोज । व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न अपराधीलाई पक्रनको लागि राजधानीका सबै नाका सिल गरिसकेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । गृहमन्त्री शर्मा घटनाबारे बुझ्न घटनास्थल तर्फ लागेका छन् ।

अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिँदै छ ।

घटनालाई लिएर निर्माण व्यवसायी आक्रोशित बनेका छन् । दोषीलाई कारबाही नभएसम्म सम्पूर्ण कामकाज ठप्प पार्ने निर्माण व्यवसायी संघले चेतावनी दिएको छ । घटनास्थल र गौचनको घर २ सय मिटरको दूरीमा रहेको छ ।

आज दिउँसो पौने तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनको बाटैमा मृत्यु भईसकेको सिभिल अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले जानकारी दिएका छन् ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);