काठमाडौं, २९ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमाले वाग्मती प्रदेश इन्चार्जको कार्यभार सम्हालेका छन् । शनिबार दिउँसो ललितपुरको च्यासलस्थित एमालेको वागमती प्रदेश कार्यालयमा पुगेर पूर्वमाओवादी खेमाका नेता थापाले प्रदेश इन्चार्जको कार्यभार सम्हालेका हुन् ।
यसअघि वागमति प्रदेशको इन्चार्ज अष्टलक्ष्मी शाक्य थिईन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्दै नयाँ नेतृत्व चयन गरेको थियो ।