एपीएफ मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

एपीएफ मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

काठमाडाैं, २७ फागुन । शसस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।

मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्दै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफको जितमा सन्दीप जोराले ६२ र कप्तान शरद भेषवाकरले ६१ रन बनाए । काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो ।

काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए । एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३/३ विकेट लिए । एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । बिहीबार नै बागमती प्रदेशले आफ्नो अन्तिम खेलमा जित निकालेको छ । त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित गरेको हो ।

टियु क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मी ४७ ओभर १ अबलम अलआउट हुँदै २ सय ५६ रनमा समेटियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६६ रन बनाएको थियो । बागमतीका लागि पारस खड्काले १ सय १९ रन बनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);