भक्तपुरका शिवालयमा भक्तजनको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

भक्तपुरका शिवालयमा भक्तजनको घुइँचो

भक्तपुर, २७ फागुन । महाशिवरात्रिकाअवसरमा बिहीवार बिहानैदेखि भक्तपुरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ। महादेवको पूजाआजा गरी धुमधामका साथमनाइने शिव रात्रिको अवसरमा भक्तपुरको साँगा, दत्तात्रय, सिपाडोलस्थित डोलेश्वर महादेव, सुवर्णेश्वर, अनन्तलिङ्गेश्वर, आशापुरी लगायतका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।

शिव रात्रिको अवसरमा डोलेश्वर महादेव मन्दिरमा भक्तजन स्वयम् मन्दिर भित्र प्रवेश गरी पूजागर्ने व्यवस्था गरिएको छ। अन्य दिन पुजारीमार्फत पूजागर्ने यस मन्दिरमा बिहीबार भक्तजन स्वयम् मन्दिरभित्र प्रवेश गरी पूजा गराउने परम्परा रहेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ।समितिले डोलेश्वर महादेव मन्दिरमापनि शिव रात्रिमा दर्शन गर्न आउने भक्तजनहरूले अनिवार्य मास्कलगाउनुपर्ने व्यवस्था गरेको छ ।

हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको छ । यता संगा महादेवको मन्दिरमा दर्सन गर्न भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्ने तथा सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्थागरिएको छ महाशिवरात्रिकादिन सुरक्षा व्यवस्थाकालागि महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाबाट स्वयंसेवक परिचालन गरिएको छ ।

यस्तै महाशिवरात्रि दर्शनकालागि भारतका विभिन्न स्थान तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन् । नागाबाबा, भंगी, जोगी र अघोरी बाबालगायतका साधुसन्तले मन्दिरको क्षेत्रमा रोमाञ्चकता छाएको छ। परम्परा अनुसार जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ समितिले गर्ने गरेको छ। समितिले नागाबाबालाई मन्दिर परिसरमा धुनीजगाई बस्नको लागिदाउराको व्यवस्था गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);