म्यानमार सेनाद्वारा अपार्टमेन्टमा बन्धक बनाइएका प्रदर्शनकारीलाई सुरक्षित रिहा | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

म्यानमार सेनाद्वारा अपार्टमेन्टमा बन्धक बनाइएका प्रदर्शनकारीलाई सुरक्षित रिहा

एजेन्सी, २५ फागुन । म्यानमारको सेनाले यांगुनस्थित एउटा अपार्टमेन्टमा ‘बन्धक’ बनाइएका प्रदर्शनकारीलाई सुरक्षित रिहा गरेको छ ।

संयुक्त राष्ट्रसंघ तथा पश्चिमी राष्ट्रको दबाबपछि म्यानमार सेनाले यांगुनस्थित एउटा अपार्टमेन्टमा ‘बन्धक’ बनाइएका करिब २ सय प्रदर्शनकारीलाई मंगलबार सुरक्षित रिहा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

म्यानमारको सबैभन्दा ठूलो शहर यांगुनको एक अपार्टमेन्टमा सुरक्षाकर्मीले सोमबार झण्डै २०० प्रदर्शनकारीलाई एकत्रित गरेर बन्धक बनाएको थियो । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालय लगायत पश्चिमा मुलुकहरुले प्रदर्शनकारीलाई रिहा गर्न दवाब दिएपछि उनिहरु मुक्त भएका हुन् ।

गएको फेब्रेअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण अहिलेसम्म कम्तीमा ५५ जनाएको ज्यान गइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);