सर्वोच्चले नेकपाको नामबारे आइतबार फैसाला सुनाउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

सर्वोच्चले नेकपाको नामबारे आइतबार फैसाला सुनाउने

काठमाडौं, २३ फागुन। नेकपाको नामका विषयमा परेको मुद्धामा सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ। यस अघि बिहीबार फैसला सुनाउने पेशी चढेको भएपनि सर्वोच्चका पूर्व न्यायाधीश सुरेन्द्र बहादुर सिंहको निधनका कारण अदालत बिदा भएको थियो।

नेकपा अध्यक्ष ऋषि कट्टेलले दुई वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएपछि आइतबार फैसला सुनाउने पेशी चढेको छ।। न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आइतबार निर्णय सुनाउनेछ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ । अहिले दुबै पक्षलाई विभाजनका लागि जटिलता भएको छ।

यदि अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेलेको नेकपालाई दिएएको खण्डमा प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको र दाहाल नेपाल अध्यक्ष रहेको नेकपाले अलगै नाम राख्नु पर्ने छ।

आइतबारको पेशी सूचीमा यो मुद्धा पहिलो नम्बरमा परेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);