काठमाडौं, २० फागुन । तेल ढुवानी गर्ने क्रममा हुने कैफियतलाई नियन्त्रण गर्न नेपाल आयल निगमले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
विगतमा पनि यस्ता कमी कमजोरी सुधार्न अनेक प्रयास गरेपनि नियन्त्रण हुन नसकेको गलत प्रवृत्तिलाई हाल हटाउन फेरि प्रयास गरेको हो ।
यस क्रममा निगमले एक हजार भन्दा बढी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरहरुलाई कारवाहीको प्रक्रिया सुरु गरेको छ ।