राजनीतिक दलको विवाद निरुपणका विषयमा यथाशीघ्र निर्णय दिन निर्वाचन आयोगलाई पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

राजनीतिक दलको विवाद निरुपणका विषयमा यथाशीघ्र निर्णय दिन निर्वाचन आयोगलाई पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रह

काठमाडौं, २० फागुन। राजनीतिक दलको विवाद निरुपणका विषयमा यथाशीघ्र निर्णय दिन निर्वाचन आयोगलाई पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आग्रह गरेका छन् ।पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपा विवादबारे तत्काल निर्णयमा पुग्न निर्वाचन आयोगलाई आग्रह गरेका हुन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलख बहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले आफुहरुलाई गम्भिर बनाएको उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद हालसम्म नटुंगिएको स्थितिमा पूर्व निर्वाचन आयुक्तहरुको यो प्रतिक्रिया आएको हो । साथै आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्य तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन आग्रह समेत गरिएको छ ।

Leave a Reply