चीनिया शेयर बजारमा आएको बृद्धिसँगै त्यहाँ अर्बपतिको संख्यामा समेत बृद्धि | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

चीनिया शेयर बजारमा आएको बृद्धिसँगै त्यहाँ अर्बपतिको संख्यामा समेत बृद्धि

एजेन्सी, १८ फागुन । चीनिया शेयर बजारमा आएको बृद्धिसँगै त्यहाँ अर्बपतिको संख्यामा समेत बृद्धि आएको छ । पछिल्लो समय चीनमा २ सय ५९ नयाँ अर्बपतिहरु थपिएका छन् ।

सेयर बजारमा वृद्धि लगत्तै थुप्रै नयाँ कम्पनीहरुले शेयर बजारमा प्रवेष गरेपछि चीनमा अर्बपतिहरुको संख्या ह्वात्तै बढेको हालै प्रकाशित एक तथ्यांकले देखाएको छ । ‘हुरन ग्लोबल रिज लिस्ट’ नाममा प्रकाशित उक्त तथ्यांकका अनुसार, बितेका ५ वर्षको अवधिमा चीनमा अर्बपतिहरुको संख्यामा दोब्बरले वृद्धि भएको छ ।

विश्वका अन्य देशको अर्थ ब्यवस्था कोरोनाले चौपट भईरहँदा चिनले भने आर्थिक वृध्दिदर नै हासिल गरेको हुरन ग्लोबल रिज लिस्टले जनाएको छ । हालै चीनमा थपिएका नयाँ अर्बपतिहरुको संख्या सोही अवधिमा बाँकी विश्वको कुल नयाँ अर्बपति संख्या भन्दा धेरै हो ।

यससँगै चीनमा कुल अर्बपतिहरुको संख्या १ हजार ५८ जना पुगेको छ । योसँगै अर्बपतिहरुको संख्या १ हजार भन्दा बढी हुनेमा चीन पहिलो देश बनेको छ । टेस्ला मालिक एलन मस्क, अमेजनका जेफ बेजोस र चीनको इ–कमर्स कम्पनीका संस्थापक कोलिन हुवाङले सन् २०२० मा ५० अर्ब डलर भन्दा बढीले सम्पति वृद्धि गरेका हुन् ।

Leave a Reply