चीनतर्फका नाका बन्द हुँदा चाैंरी बिक्री भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चीनतर्फका नाका बन्द हुँदा चाैंरी बिक्री भएन

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका -७ याङमाका  कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चाैंरी थिए। तर अहिले  उनीसँग चाैंरीकाे संख्या ६४ पुगेकाे छ । शेर्पासँग चाैंरीकाे संख्या बढ्नुकाे कारण चीनका नाका बन्द हुनु हाे । कोरोनाका कारणले लामो समयदेखि हिमाली समुदायले पालन गरेको चाैंरी बिक्री हुन सकेको छैन । बिक्री नहुदाँ हिमाली क्षेत्रमा चाैंरीको संख्यामा वृद्धि हुँदै गएको छ। 

कोरोनाको काराणले दुई वर्षदेखि चीन तर्फको नाका बन्द भएसँगै याक चीनका बजारमा बिक्री नहुँदा चाैंरीको संख्या बढ्दै गएको शेर्पाले बताए । उनले भने, ‘दुई वर्ष भयो चाैंरी बिक्री भएको छैन । कोरोनाका कारणले चीनले नाका बन्द गरेपछि चाैंरीका बाछा र चाैंरी बिक्री भएको छैन ।’ ताप्लेजुङको हिमाली क्षेत्रका स्थानीयले चौंरी गोठबाट जिविका चलाउँदै आएका छन् । 

फिन्चो शेर्पाको पनि गोठमा दुई वर्षदेखि चाैंरी बिक्री नभएर २५ बाट बढेर ४० पुगेका छन् । समूद्र सतहदेखि तीन हजार ५ सय मिटर उचाईदेखि पाँच हजार सम्मको उचाइमा चाैंरीको व्यावसायिकरूपमा पालन गरिन्छ । कञ्चनजंघा संरक्षण क्षेत्रभित्र तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको फेदीमा चाैंरी गोठहरू छन्।

हिमाली समुदायको प्रमुख पुर्खोली पेशाको रुपमा रहेको चौंरी विगत देखिनै चीन  बजारमा बिक्री हुँदै आएको याङमाका स्थानीय टाँसी फिन्जो शेर्पाले बताए । कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आर्थिक तथा प्राविधिक सहयोगमा याङमा क्षेत्रमा  चार सय, ओलाचुङगोला क्षेत्रमा ४ सय ३५ र घुन्सा क्षेत्रमा  ३६ वटा गरी ८ सय ७१ वटा चाैंरीकाे बीमासमेत गरेको कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए । 

चीनका विभिन्न  क्षेत्रमा नेपाली चाैंरीका बाछा र चौंरीबाट उत्पादित छुर्पी, घ्यूका साथै पशुजन्य बस्तुहरू चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको  याङमाका स्थानीय सोनाम शेर्पाले बताए । 

चीनका बजारमा प्रतिचाैंरी ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ । छुर्पी र घ्यू  प्रतिकिलो एक हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको याङमाका फिम्जो शेर्पाले बताए । कोरोनाका कारणले दुई वर्ष यता ताप्लेजुङको टिप्ताला नाका र संखुवासभाको किमाथाङका नाका बन्द हुदाँ हिमाली समुदायहरुको प्रमुख पेशाको रुपमा चौंरी बिक्री नहुँदा स्थानीयकाे नियमित आम्दानी घटेकाे मिक्वाखोला गाउँपालिका-५ पापुङका चाैंरी व्यावसायी रिङ शेर्पाले बताए ।

ताप्लेजुङमा ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका बाहेक सात गाउँपालिकामा चौंरी व्यावसायीक रुपमा पालन हुँदै आएको छ ।

चौंरीको प्रमुख बजार चीनका विभिन्न क्षेत्रहरूमा निर्यात हुने गर्दछ । राम्रो मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समूदाय चाैंरी पालनतर्फ आकर्षित हुने गरेको फक्ताङलुङ गाउँपालिका-६ घुन्साका स्थानीय पेमा शेर्पाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);