डडेल्धुरा, २२ असोज । डडेल्धुरामा एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।
डडेल्धुरास्थित अमरगढी नगरपालिका ४ हरडी घर भएका गणेश दमाईकी चार वर्षीया छोरीको डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेपछि गम्बीर घाइते बनेकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अमरगडीमा रहेको कैलाश फर्निचरमा खेलिरहेको अवस्थामा बिजुलीको तारलाई छुँदा उनलाई करेन्ट लागेको थियो ।