काठमाडौंमा चौथो नेपाल–बगंलादेश युवा सम्मेलन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

काठमाडौंमा चौथो नेपाल–बगंलादेश युवा सम्मेलन जारी


काठमाडौं, फागुन १६। चौथो नेपाल–बंगलादेश युवा सम्मेलन काठमाडौंमा चलिरहेको छ।

कोभिड–१९ का कारण प्रभावित हुँदै आएको सम्मेलनमा दिगो विकास लक्ष्य, जलवायु परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा शनिबारदेखि छलफल सुरु भएको हो ।

युवा विकास केन्द्र र साउथ एसिया पार्टनरसिप साप नेपालको आयोजना तथा बंगलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा हुने सम्मेलनमा दुई देशको व्यापारका सम्बन्धमा युवाको भूमिकाका विषयमा समेत छलफल भएको बताइएको छ ।

साथै सम्मेलनमा दुवै देशका कलाकारले लोक संस्कृति प्रस्तुत गर्ने कार्यसूची रहेको आयोजकले जनाएको छ । सम्मेलनमा २५ बंगलादेशी युवासहित ६५ जनाको सहभागिता रहेको छ । यसअघि पहिलो र तेस्रो सम्मेलन पनि काठमाडौंमा नै भएको थियो भने पाँचौं संस्करण भने बंगलादेशमा बि.सं २०७८ को सुरूवात मै हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);