काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकसँगै नयाँ सरकार बन्ने बताएका छन् ।
शनिबार प्रेस संगठन नेपाल, प्रदेश १ को दोस्रो भेलाको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले प्रतिनिधि सभाको बैठकसँगै नेकपा कै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
भट्टराईले नयाँ सरकार बनेसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिने दाबी गरेका छन् । उनले नेकपाको कार्यदिशा जनताको जनवाद भएकोले प्रेस संगठनले त्यसलाई कार्यान्वयन गर्नु पर्नेम भट्टराईले जोड दिएका छन् ।
जनताको जनवादले नागरिक सर्वोच्चता र संविधानको रक्षालाई प्राथमिकतामा राख्ने उनको भनाई छ ।