पार्टीको धारणा सञ्चारमाध्यममा नभइ आधिकारिक ठाउँमा बुझ्नुपर्ने श्रेष्ठको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

पार्टीको धारणा सञ्चारमाध्यममा नभइ आधिकारिक ठाउँमा बुझ्नुपर्ने श्रेष्ठको भनाई

काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणालाई आधिकारिक ठाउँबाट नै बुझ्न आग्रह गरेका छन् ।

नेता श्रेष्ठले शुक्रबार फेसबुकमा लेख्दै पार्टीको धारणा बुझ्नका लागि सञ्चार माध्यम नभइ सम्बन्धित व्यक्तिमै सम्पर्क गर्न सुझाव दिएका हुन् । पछिल्लो समय प्रतिनिधि सभा पुनस्र्थापना भएसँगै पार्टीहरुको धारणा बारे अनेक आँकलन गर्दै समाचार सम्प्रेषणको क्रम बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला पछि संसद अधिवेशन, संविधान कार्यान्वयन, समृद्धि लगायत नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यमका आ–आफ्ना बिश्लेषणलाई यथोचित सम्मान गरौं ।त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन ।तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।’

Leave a Reply

ताजा समाचार