चितवन ३ : बाम गठबन्धनबाट प्रचण्ड र लोकतान्त्रिक गठबन्धनबाट विक्रम पाण्डे | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८१, बिहीबार

काठमाडौं, २२ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेद्वारी सार्वजनिक भएसँगै चितवन क्षेत्र नम्बर ३ चर्चामा रहेकोमा बहालवाला वन तथा भूसंरक्षणमन्त्री एवं राप्रपा (प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेले उम्मेद्वारी दिने घोषणा गरेका छन्।

नेता पाण्डे साविक क्षेत्र नम्बर ५ का सांसद हुन्।  हाल निर्वाचन क्षेत्रअन्तर्गत यो क्षेत्र ३ नम्बर क्षेत्रमा पर्छ। स्थानीय तहको चुनावमा माओवादी विजयी भएको स्थानमा राप्रपा चौथो स्थानमा झरेको थियो।

यस क्षेत्रमा यसअघिको निर्वाचन क्षेत्रको ४ नम्बरको पूरै भाग पर्छ। तत्कालिन समयमा सुशील कोइराला विजयी भई उपनिर्वाचनमा छोडेका यस जिल्लामा पछि पनि कांग्रेसकै उम्मेद्वार रामकृष्ण घिमिरे विजयी भएका थिए।

हाल कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनका कार्यदल सदस्यसमेत रहेका पाण्डे गठबन्धनबाट चुनाव लड्न लागेको बताउँछन्। आजको नयाँ पत्रिकामा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);