पोखरा, १३ फागुन । पोखराको बसुन्धरा पार्कमा एक युवकको शव फेला परेको छ । आज विहान करिब ७ बजेको समयमा शव देखा परे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हाल सम्म भइसकेको छैन ।
प्रहरी स्रोतका अनुसार अन्दाजी २२ देखी २५ वर्ष उमेरका युवकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।