सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ओली पक्षीय नेकपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने ओली पक्षीय नेकपाको निर्णय


काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकबाट यस्तो निर्णय भएको सो पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले पार्टीले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्दै १३ दिन भित्रै संसद अधिवेसन बोलाउने निर्णय पनि बैठकले गरेको बताएका हुन् ।

त्यसैगरी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले आफूहरुले लोकतन्त्र र विधिमा विश्वास गर्ने बताउँदै फैसलाको सम्मान गर्ने जानकारी दिए । साथै यस्तो फैसलाले परिणाम राम्रा नदिने चिन्ता समेत बैठकमा व्यक्त भएको पनि उनले बताए ।

सञ्चारकर्मीहरुले प्रधानमन्त्री ओलीको राजीनामाको सम्बन्धमा सोधेको प्रश्नमा प्रतिक्रिया दिंदै प्रवक्ता ज्ञवालले सो सम्बन्धमा विभिन्न पक्षहरुसँग छलफ भईरहेको जवाफ दिएका छन् । उनले देशका लागि उपयुक्त निर्णय लिने बैठकमा छलफल भएको जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);