काठमाडाैं, १२ फागुन । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपाले सुर्खेत र पोखरामा गर्ने जनसभा स्थगित भएको छ । पछिल्लो समय विकसित घटनाक्रमका कारण यसअघि नै तय भएको जनसभा स्थगित भएको हो ।
नेकपाको ओली पक्षले फागुन १४ गते सुर्खेतमा र १५ गते पोखरामा वृहत् जनसभा गर्ने कार्यक्रम थियो । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको थियो । यो सँगै प्रधानमन्त्री ओली राजनीतिक भेटघाटमा व्यस्त भएकाले ती जनसभा स्थगित भएको बताइएको छ । पोखरामा हुने १५ गतेको जनसभामा १ लाख २० हजार कार्यकर्ता उतार्ने तयारी थियो । य
स्तै सुर्खेतमा हुने फागुन १४ गतेको जनसभा पनि स्थगित भएको छ । वीरेन्द्रनगरमा -यालीसहित गर्ने भनिएको जनसभा तत्कालका लागि स्थगित गरिएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले गर्ने निर्णयअनुसार आगामी कार्यक्रम तय गरिने तय छ ।