काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन सुझाव दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गरेपछि प्रतिक्रिया दिँदै दाहालले ओलीलाई प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । उनले केपी ओलीको धोकामा रहेका पार्टीका सदस्यहरुलाई पनि अब मुल पार्टीमा फर्कन आग्रह गरेका छन् ।
अब राजनीतिक दलहरुसँग समझदारी बनाएर नै अगाडि जाने प्रचण्डको भनाइ छ । ‘यो लडाईं कुर्सीको लागि होइन भनेर हामीले जनताका सामु भनेका थियौँ। अब हामी त्यही अनुसार राजनीतिक पार्टीहरुसँग सहमति गरेर अगाडि जानेछौँ,’ प्रचण्डले भने ।
प्रतिनिधि सभा विघटनविरुद्ध भोलिका लागि निर्धारित सभालाई सम्बोधन गर्न चितवन पुगेका दाहालले उक्त सभा विजय ¥यालीमा परिणत हुने बताए । साथै उनले भोलि देशभर विजय ¥याली गर्न पनि उनले कार्यकर्ताहरुलाई अपिल गरे ।