काठमाडौं, २१ असोज । चिकित्सकहरुले सरकार आफैले काम गर्ने वातावरण बिथोलिदिएको गुनासो गरेका छन्।
चिकित्सकहरुले उपचारको क्रममा ज्यान गएका विरामीको क्षतिपूर्ति सम्बन्धित चिकित्सकले नै गर्ने सरकारको निर्णय कामै गर्न नदिने गरी आएको भन्दै आपत्ति जनाएका हुन् । चिकित्सक समाज नेपालले शनिवार विहान काठमाडौंको माईतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म आयोजना गरेको ¥यालीमा बोल्दै उनीहरुले सरकारसँग आफूलाई काम गर्ने वातावरण बनाई दिन पनि पटक–पटक आग्रह गरेका छन । समाजका निवर्तनमा अध्यक्ष कालुसिंह खत्रीले चिकित्सकहरुलाई न्याय दिन सरकारसँग आग्रह गरे । उनले चिकित्सकहरुबाटै क्षतिपूर्ति लिने कानुनी व्यवस्था गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।
समाजले चिकित्सकहरुबाट उपचारको क्रममा गल्ती भए न्यायिक छानवीन गरी जेल चलान गर्न समेत सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।




