डा. गोविन्द केसीको १३ औं अनसनको आज तेस्रो दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

डा. गोविन्द केसीको १३ औं अनसनको आज तेस्रो दिन

Dr Govinda Kc

काठमाडौं, २१ असोज ।  प्राध्यापक तथा चिकित्सक डा. गोविन्द केसीले आफ्नो १३ औं अनसन आज तेस्रो दिन पनि जारी राखेका छन् ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्न लागिएको भन्दै डा केसीले असोज १९ गतेबाट अनसन सुरु गरेका थिए । ‘जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको भन्दै उनी अनसन बसेका हुन् ।

दुर्गमका सामुदायिक विद्यालय पढेका र सिमान्तकृत विद्यार्थीलाई डाक्टरी पढ्न निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्ने सहितका व्यवस्था राख्नुपर्ने लगायत माग गर्दै डा केसी पटक– पटक अनसन बस्दै आएका छन् ।

गत असोज ९ गते अनसन तोडेका केसीले सरकारले चिकित्सा शिक्षा विधेयक तोडमोड नगरी पारित नगरेमा पुनः अनसन बस्ने बताएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);