काठमाडौं, २१ असोज । कांग्रेसले अगुवाइ गरेको लोकतान्त्रिक गठबन्धनमा सहभागी भएको भनिएको राप्रपाले शुक्रबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सम्मानजनक सिट दिएमा वाम गठबन्धनलाई सघाउने प्रस्ताव राखेको छ।
दलहरु सिट वाँडफाँटमा लागिरहेका बेला अध्यक्ष कमल थापा अझै पनि कुन गठबन्धन रोज्ने भन्नेमा दोधारमा देखिएका छन्। थापा जुन गठबन्धनबाट बढि सिट पाइन्छ उतै लाग्ने मनस्थितिमा रहेको राप्रपाका एक नेताले जानकारी दिए।
थापेले लोकतान्त्रिक गठबन्धनबाट चाहेजती सिट पाउने सम्भावना भएपछि वाम गठबन्धनमा पनि बार्गेनिङ गर्न लागेको बताइएको छ। यस अगाडि थापाले लोकतान्त्रिक गठबन्धनमा १५ सिट दाबी गरेको थिए।




