इपिजीको पाँचौँ बैठक आजबाट काठमाडौं सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

काठमाडौं, २१ असोज ।  नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक काठमाडौं मा सुरु भएको छ ।

काठमाडौको एक होटलमा जारी बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी छन् । यस्तै भारतबाट संयोजक भगतसिंह कोसियारी सदस्यहरू डा. बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी छन् । भारततर्फका सदस्य पूर्वराजदूत जयन्तप्रसाद भने अनुपस्थित छन् । स्वास्थ्यमा आएको समस्याको कारण जयन्त प्रसाद उपस्थित हुन नसक्नु भएको भारतीय दुताबासले बताएको छ ।

गएको भदौमा बस्नु पर्ने बैठक नेपाल भारत दुवै तर्फका सदस्यहरुको ब्यस्तताको कारणले आजबाट सुरु भएको हो । नेपाल भारत बीच भएका विभिन्न सन्धि सम्झौताहरुको समयानुकुल परिमार्जन गर्न दुई वर्ष अगाडी यो समुहको गठन भएको हो । १९५० को मैत्री सन्धि , व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी विभिन्न सन्धि–सम्झौतामा छलफल गरि दुवै देशको सरकारलाई सुझाब दिनेगरी नेपाल–भारत प्रबुद्ध समूह गठन गरिएको हो ।

 

आजबाट सुरु बैठकमा नेपालले १९५० को मैत्री सन्धिमा परिमार्जन गर्नुपर्ने बिषयलाई अन्तिम रुप दिने गरि तयारी गरेको छ भने भारत पक्षले दुई देशको सीमा सुरक्षा र व्यवस्थापनबारे छलफलको एजेन्डा बनाएको बताइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);