प्रतिनिधि सभा विघटनविरुद्ध जसपा पनि प्रदर्शनको मुडमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

प्रतिनिधि सभा विघटनविरुद्ध जसपा पनि प्रदर्शनको मुडमा

काठमाडौं, ५ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारीको बैठकले देशव्यापी रुपमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध जारी जनसंघर्षलाई निरन्तरता दिँदै आन्दोलन कार्यक्रम जारी गरेको सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले एक विज्ञप्ति जारी गर्दै बताए ।

जसपाले फागुन ९ गते देशभरिका सम्पूर्ण महानगर÷उपमहानगरनगर र गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा र काठमाडौंको रत्नपार्कमा पार्टीनिकट सबै भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला पार्टीले संयुक्त जनप्रदर्शन तथा विरोधसभा गर्ने कार्यक्रम तय भएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);