काठमाडौँ , २१ असोज । फरक र पृथक अभिनयका कारण चर्चा पाएका खगेन्द्र लामिछाने फेरी नयाँ चलचित्र लिएर दर्शकको मन जित्ने तयारीमा जुटेका छन् । टलक जंग भर्सेस टुल्के, पशुपति प्रसाद जस्ता सुपरहिट चलचित्र दिएका दमदार अभिनय गर्न सक्ने क्षमता भएका खगेन्द्र नयाँ चलचित्रका तयारी गरिरहेका छन् ।
चलचित्र लेखनमा राम्रो छवि भएका मानिएका छेतन गुरुङको निर्देशन र लेखन रहेको डमरुको डन्डीबियोमा खगेन्द्र मुख्य भुमिकामा देखिदैछन् । उनलाई यस चलचित्रमा पछिल्लो समय निर्देशक प्रमुख रोजाईमा परेकी ग्ल्यामरस छवि भएकी नायिका मेनुका प्रधानले साथ दिने भएकी छिन् ।
काठमाडौँ र लमजुङको घलेगाँउमा निर्देशन हुने सो चलचित्रको छायंकन असोज २२ बाट हुने बताइएको छ । सो चलचित्रको लगानी डेढ करोड हुने छ ।