नेपाली कांग्रेसले महाधिवेशनको मिति फेरि सार्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

नेपाली कांग्रेसले महाधिवेशनको मिति फेरि सार्दै

काठमाडौ ५ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ ।

कांग्रेसले २०७७ फागुन ७ गतेदेखि आव्हान गरेको चौधौं महाधिवेसन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेसनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न आज केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको बताए ।

बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुनेछ । प्रतिनिधिसभा विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए ।

यस्तै गत पुस ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले संसद विघटनलाई अवैधानिक, अलोकतान्त्रिक र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय अनुसार विभिन्न कार्यक्रमहरु गरेको र ती कार्यक्रमहरुको समिक्षा समेत बैठकमा हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);