इटहरी, ३ फागुन । सामुदायिक विद्यालयको स्तर उकास्नका लागि कक्षा कोठामा पुस्तक कुना अर्थात् बुक कर्नरको महत्वपूर्ण भुमिका हुन्छ । विशेषगरी सामुदायिक विद्यालयहरुमा यस्ता पुस्तक कुनाको व्यवस्था गर्दा विद्यार्थीहरु समेत उत्साहित हुने गरेको पाइएको छ ।
पुस्तक कुनामा विद्यार्थीका लागि उपयोगी पुस्तकहरु राखिने र खाली समयको उपयोग समेत गर्न सकिने भएकाले पनि पुस्तक कुनाको महत्व बढ्दै गएको छ ।
इटहरीमा भएका सामुदायिक विद्यालयहरुमा विभिन्न संघसंस्थाहरुको सहयोगमा पुस्तक कुना बनेपछि विद्यार्थीहरुले रमाउँदै विभिन्न पुस्तकहरु पढ्ने गरेको स्थानीय शिक्षकको भनाई छ । पुस्तक कुनालाई व्यवस्थित राख्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम दिइनु पर्ने विद्यालय सञ्चालकको भनाई छ ।
यस पुस्तक कुनालाई बिद्यालयले रुटिङ्गमा राखेर पठनपाठनका लागि सहजीकरण गर्ने तथा पुस्तकहरु थप्ने योजनामा छन् इटहरीका केही सामुदायिक विद्यालयहरु ।
विद्यार्थीको सिकाइ सुधारका लागि कक्षा कोठामा पुस्तक कुना राख्नु पर्ने व्यवस्था सरकारले गरेको छ । सरकारले ०६८ देखि हरेक कक्षामा पुस्तक कुना व्यवस्था गर्न बजेट समेत पठाइरहेको छ । यद्यपी देशका अधिकाँस सामुदायिक विद्यालयहरुमा भने यो स्थापना गरिएको पाइँदैन ।