युद्धस्तरमा चुनावको तयारीमा लाग्न थापाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८१, शुक्रबार

युद्धस्तरमा चुनावको तयारीमा लाग्न थापाको निर्देशन

कमल थापा

हेटौंडा, ३ फागुन । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीका नेता, कार्यकर्ताहरुलाई युद्धस्तरमा चुनावको तयारी गर्न निर्देशन दिएका छन् ।

सोमबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरेमा निर्वाचन हुने र त्यसका तयारीमा लाग्न निर्देशन दिएका हुन्

थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई शसक्त ढंगबाट संचालन गर्नुपर्नेमा समेत जोड दिए ।

नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवस्यक रहेको जिकिर गरे । कोही कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको थापाको आरोप थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);