उपत्यकाबाट लागू औषधसहित ९ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

उपत्यकाबाट लागू औषधसहित ९ जना पक्राउ

काठमाडौं, २ फागुन । लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध कारोबारमा संलग्न ९ जना जनालाई पक्राउ गरेको छ ।

लागू औषध ब्यूरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागू औषध कारोबारमा संलग्न ९ जना आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई लागू औषध एम्फेटामाईन २ सय २२ ग्राम र नियन्त्रित लागू औषध २४ सय ७० एम्पुल सहित पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरिक्षक दिलिप चौधरीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट डाईजेपाम –९२८ एम्पूल, बुप्रेनोर्फिन ७८२ एम्पूल, फेनारगन–६८४ एम्पूल, लुपिजेसिक–७६ एम्पूल गरी कुल नियन्त्रित लागू औषध २४ सय ७० एम्पूल र नगद ९० हजार पाँच सय रुपैया बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरुले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);