जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगको जित | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगको जित

एजेन्सी, १ फागुन । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा लाइपजिगले अग्सवर्गलाई २–१ गोल अन्तरले पराजित गरेको हो । लाइपजिगलाई जित दिलाउन डानिल ओल्मो र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरे ।

अग्सवर्गका डानिल कालिगुइरीले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा डानिलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा क्रिस्टोफरले गोल गरेपछि लाइपजिगले २–० को अग्रता बनायो ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अग्सवर्गका कालिगुइरीले पेनाल्टीबाट एक गोल फर्काएपनि लाइपजिग २–१ ले विजयी भयो । जितसँगै लाइपजिग शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाउन सफल भएको छ । दोस्रो स्थानको लाइपजिगले ४४ अंक जोडेको छ भने अग्सवर्ग २२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);