पर्साको ग्रामीण क्षेत्र छिपहरमाईमा राजाबादीको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

पर्साको ग्रामीण क्षेत्र छिपहरमाईमा राजाबादीको प्रदर्शन

पर्सा, २८ माघ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ बुढगाईमा राजावादिहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय नागिरक संघर्ष समित एवम् नेपाल राष्ट्रवादी शान्ति समूहले राजतन्त्रको माग गर्दै र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागिहरुले २०७२ को संविधान खारेज गर, शैनिक साशन लागु गर, राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र कायम गर लगायतको नारा लगाउदै गाउँ परिक्रमा गरेका थिए ।

साबजजान मियाँको अध्यक्षता र सतार मियाँको प्रमुख आतिथ्यतामा भएको बिरोध प्रदर्शनको कार्यक्रममा युनुस मियां, सुरेश यादव, राजु श्रेष्ठ, जवाहिर तिवारी, जवाहिर यादव, नाजिर मियाँ, भोला मियाँ, चन्द्रशेखर साह लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply