राष्ट्रपतिलाई प्रश्न गर्ने अधिकार संविधानले दिएको छ : रामकुमारी झाक्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

राष्ट्रपतिलाई प्रश्न गर्ने अधिकार संविधानले दिएको छ : रामकुमारी झाक्री

बागलुङ, २७ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा दुई धारणा बिभाजन भएपछि यतिबेला नेकपाको दुई समुहको सक्रियता यतिबेला ह्वात्तै बढेर गएको छ । प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमका पिरूद्व नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी बागलुङले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरे।

राष्ट्रपति बिद्यादेबी भण्डारी बारे तिखो अभिब्यक्ति दिएर चर्चामा आएका नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाक्रीले राष्ट्रपति संस्था सम्मानिय हो त्यो कुरा सबैलाई थाहा छ राष्ट्रपतिले सास समेत कानुन अनुसार फेर्नु पर्छ भने राष्ट्रपति माथि प्रश्न गर्ने अधिकार सबैलाई छ जथाभावी रूपमा हिड्ने राष्ट्रपति प्रति प्रश्न गरेको केन्द्रीय सदस्य झाक्रीले बताउनुभयो।

राष्ट्रिय सभाका सदस्य एंवम नेपाल कम्युनिस्ट नेकपाका नेता दिनानाथ शर्मा,नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य वलावती शर्मा , नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशका हिराबहादुर केसी ,गण्डकी प्रदेशका सांसद चन्द्रबहादुर बुढा ,गण्डकी प्रदेशका सचिवालय सदस्य श्रीप्रसाद शर्मा , लगायतका नेताहरूले केपी शर्मा ओलीले चालेको असंबैधानीक कदमको घोरभर्सना गर्दै प्रतिगमन बिरूद्व अझै सशक्त आन्दोलन गर्ने धारणा राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);