प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने

काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुहुने भएको छ । प्रधानमन्त्री ओली बिहान ११ बजे कान्तीपथस्थित आयोगको कार्यालय जान लाग्नुभएको हो ।

आगामी वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ ।

ओली र दाहाल–नेपाल गरी दुई भिन्न समूह क्रियाशील रहेको अवस्थामा छन् । उनीहरूले आफ्नो पक्ष नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् । तर आयोगले कुनै पनि पक्षलाई नेकपाको आधिकारिकता दिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);