काठमाडौ, २० असोज । राष्ट्रिय सहकारी विकास बोर्डले २० वर्षे दीर्घकालीन रणनीतिको मस्यौदा नेपाल सरकारलाई बुझाउएका छन् ।
२० वर्षे योजना २०७४÷०७५ भित्रै सुरु भई २०९३÷९४मा सकिने छ । कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको ६ प्रतिशत योगदान पु¥याउने लगायतका अन्य रणनीति सहित मस्यौदा सरकारलाई बुझाउन लागिएको बोर्डले जनाएको छ । सहकारी सीप विकास अन्र्तगत सहकारीमा संलग्न सदस्यको सङ्ख्या ६० प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ।
साथै सहकारीको मूल्य र सिद्धान्तलाई आत्मसात गर्दै उपलब्ध स्रोत, साधन, श्रम, सीप र पुँजीको अधिकतम परिचालनद्धारा उद्यमशिलता, र रोजगारीको अभिवृद्धि गरी सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको एक सबल र गतिशिल स्तम्भको रुपमा स्थापित गर्ने लक्ष्य रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार योजनाबाट प्रत्यक्ष रोजगारी अन्र्तगत ९० हजार महिला र ९० हजार पुरुषलाई रोजगारी प्रदान गर्ने लक्ष्य रहेको छ ।





