पर्सा, २४ माघ । नेपाल ईन्डो हास्पिटल टि २० क्रिकेट टुर्नामेन्ट खेल शनिबार देखि पर्सामा शुरु भएको छ । खेलको उद्घाटन गर्दै पुर्ब अर्थमन्त्री रामशरण महतले विधिको शासन तोड्दै देशमा अशान्ति ल्याउन खोजिएको तथा संविधान मिचेर लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाउनु भयो ।
क्रिकेट खेल आज भन्दा पाँच सय बर्ष पहिला देखि नै खेलिने खेल भएकाले युवाहरुलाई प्रोहत्साहन गर्न जोड दिदै भारतबाट यस खेलबारे धेरै सिक्न सकिने धारणा राख्नुभयो । प्रसौनि गाँउपालिका वडा नम्बर २ मा सञ्चालन भएको टि २० क्रिकेट टुर्नामेन्टको आयोजना ११ स्टार क्रिकेट क्लब प्रसौनि बाराले गरेको थियो भने स्पोन्सर राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय र नेपाल ईन्डो होस्पिटलले गरेको छ ।
शनिबार टि २० क्रिकेट टुर्नामेन्टको पहिलो दिनको खेल बेतिया क्रिकेट क्लब भारत र मकवानपुर क्रिकेट कल्ब नेपाल बिच मैत्रिपुर्ण खेल सञ्चालन भएको छ ।




