जिल्ला अदालत पर्साले गरेको काम र कारवाहीको बिषयमा पर्सेलि संचारकर्मीहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

जिल्ला अदालत पर्साले गरेको काम र कारवाहीको बिषयमा पर्सेलि संचारकर्मीहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

बीरगञ्ज, २३ माघ । जिल्ला अदालत पर्सा ले गरेको काम र कारवाही को बिषय मा पर्सेलि संचारकर्मीहरु सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रियामा कार्यक्रम मा जिल्ला अदालत पर्सा बेन्च १ का न्यायाधीश धर्मराज पौडेलले सञ्चारकर्मीलाई सही सूचना प्रकासन र प्रशारण गर्न आग्रह गरे । उनले अदालतको निस्पक्षता, स्वच्छतामा आच आउने समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।

न्यायाधीश पौडेलले अदालती काम कारबाईप्रति न्यायाधीशहरु इमानदार भएको बताए । उनले बाहिरी हावाको कारण अदालतमा फोहर देखिने गरेको बताए । बाहिरी हावाको कारण अदालतप्रति आम जनताको धारणा गलत बनिरहेको र त्यसलाई सञ्चारकर्मीहरुले सहि समाचार सम्प्रेषण गरेर हटाउन आग्रह गरे । उनले विगतको तुलना अहिले मुद्दा कार्यान्वयन प्रक्रियामा बढोत्तरी भएको बताए । उनले अदालती फैसला कार्यान्वयनमा अहिले देखिएको बक्यौता जरिवाना र कैद सजाय बढी भारतीय नागरीक लक्षित भएको बताए । भारतीय नागरिकहरुको हकमा भएका फैसला उनिहरुको सम्पर्क सहजता नभएकोले कार्यान्वयनमा ढिलाई भएको न्यायाधिश पौडेलले बताउनुभयो ।

अन्तरक्रियमा सहभागि पत्रकारहरुले न्यायाधिशको नाम बेचेर अदालतका कर्मचारी र अन्य विचोलियाहरुले रकम लिने गरेको बताएका थिए । यसको सुधारका लागि अदालतमा लामो समय सेवा दिएर बसेका कर्मचारीलाई एकस्थानबाट अर्काे स्थानमा सरुवा गर्नु पहिलो विकल्प हुने सुझाएका थिए । कार्यक्रममा न्यायाधीश भोलाप्रसाद ढकाल, नारायण शर्मा, माधवप्रसाद मैनाली, हरिकृष्ण श्रेष्ठ, राजेशकुमार कटुवाल, उद्धवप्रसाद गजुरेल, श्रेस्तेदार कृष्णप्रसाद अधिकारी, तहसीलदार विनोद पोखरेललगायतको सहभागिता थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);