आगलागीको बेला आफू र अरुलाई कसरी जोगाउने सम्बन्धी प्रशिक्षण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

आगलागीको बेला आफू र अरुलाई कसरी जोगाउने सम्बन्धी प्रशिक्षण सम्पन्न

नितेश कर्ण

वीरगञ्ज, २३ माघ । सामुदायिक-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिन सिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरद्वारा आगलागी हुँदा व्यक्ति स्वंमले कसरी जोगाउने तरिका सम्बन्धि प्रशिक्षण दिएका छन् ।

शुक्रबार आदर्शनगरस्थित पूरानो बसपार्कको जग्गामा एक कार्यक्रमको आयोजना गर्दै वीरगञ्जका स्थानीय विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी, उद्योगी र सर्वसाधारणलगायतको सहभागितामा आगलागीभएको बेला आफू र अरुलाई कसरी जोगाउने तरिका बारे प्रशिक्षण दिएको थियो ।

प्रशिक्षणमा प्रहरीहरुले आगलागी हुँदा नआत्तिएर सरल तरिकाबाट आफू र अरुलाई जोगाउने प्रकृया बारे बताएको थियो । आगलागीका प्रकार र हुने कारण बारे बताउँदै प्रशिक्षणमा प्रहरीले फरक-फरक तरिकाबाट विभिन्न किसिमको आगोलाई नियन्त्रणमा लिने प्रकृयाबारे समेत जानकारी गराएको थियो ।

प्रशिक्षण दिँदै विपद् व्यवस्थापन गुल्म प्रदेश नम्बर २ वीरगञ्जका प्रहरी निरीक्षक सरोज प्रजापतिले विशेषगरी ग्यास सिलिण्डरमा हुने आगलागीलाई नियन्त्रण गरी क्षति कम गर्ने उपाय सिकाएका थिए ।

प्रशिक्षणको क्रममा प्रहरीले उदाहरण दिएर ग्यास सिलिण्डलमा आगलागी भए कसरी नियन्त्रणमा लिने भनि सिकाएको थियो । उक्त उपयलाई उपस्थित सबैले निकै चाँसोका साथ हेरेका थिए ।

ग्यास सिलिण्डरमा आगलागी हुँदा हातको औंला थिचेर, बाल्टीले ढाकेर अथवा कपडाले छोपेर निभाउने तरिका प्रहरीले प्रदर्शन गरेको थियो । त्यसैगरी शरीरमा आगलागी हुँदा आफुलाई जोगाउने तरिका बारे समेत प्रहरीले प्रदर्शन गरेको थियो । त्यस्तै प्रहरीले अग्निशामकको सही प्रयोग बारे पनि जानकारी गराएको थियो ।

ग्रिन सिटि सामुदायिक केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा भएको कार्यक्रममा पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक मनोजित कुँवर, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

१० घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

१० घन्टा अघि

Duel Bet: The Casino Showdown

१० घन्टा अघि