रोनाल्डोले गरे ट्रफी बेचेर बालबालिकालाई सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

एजेन्सी, २० असोज । रियल मड्रिड र पोर्टुगलका स्ट्राइकर विश्वभर लोकप्रिय छन् । उनको फुटबल खेल्ने अनौठो कलाले फुटबल पे्रमीको मन त जितेको छ नै साथै उनको रुपले समेत विश्वका करोडौँ महिलाको समेत मन जितेको छ । स्वस्थ सुगठित शरीरका भएका उनी हरेक तीन महिनामा रक्तदान समेत गर्दछन् । मिजासीलो स्वाभावका उनी विभिन्न च्यारिटी समेत गर्छन् ।

हालै उनले फेरी आफु उद्दारवादी रहेको पुष्टी गरेका छन् । रोनाल्डोले अहिलेसम्म जितेको चार बालन डी ओर ट्रफी मध्ये एक विक्री गरेका छन् । उनको सो ट्रफीको प्रतिरुप इजराइलका अरबपति इदान अफरले पाँच लाख ३० हजार अमेरिकी डलरमा खरिद गरेका हुन् । जुन रकम ‘मेक अ वीस्’ नामक एक सामाजिक संस्थालाई जानेछ जसले रोगले जीवन नै खतरामा परेका बालबालिकाको लागि खर्च गर्ने गर्दछ ।


यो भन्दा अघि उनले सेभ द चिल्ड्रेन, वल्डै भिजन लगाएतका विभिन्न सामाजिक संस्थालाई समेत सहयोग गर्दै आएका छन् । प्राकृतिक विपत्तिमा परेका देशहरुलाई सहयोग समेत गर्ने उनले नेपालमा २ वर्ष अघि भुकम्प आएको समयमा उनले ५० लाख पाउण्ड सहयोग गरेको अप्रमाणीक जानकारी आएको थियो ।


रोनाल्डोले आफ्नो आमालाई उपचार गरेको अस्पतालमा लाखभन्दा बढि पाउण्ड दिएका थिए । जसमा दश वर्षीय बालकको मस्तिष्कको शल्यक्रियाका लागि एक लाख २० हजार र अन्य ६५ हजार पाउण्ड सहयोग स्वरुप दिएका थिए ।
लिलामीमा उनले २०१३मा जितेको ट्रफी राखेको थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);