नितेश कर्ण
वीरगञ्ज, २३ माघ । पर्साको छिपहरमाई गाउँपलिका वडा नं. ५ भिस्वाबाट अवैध लागूऔषध ‘गाँजा’ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिस्वाबाट प्रहरी हलदार रामबिश्वास यादव र चन्दन कुमार यादवले भिस्वास्थित वडा कार्यालय नजिकबाट १२ केजी अवैध लागूऔषध ‘गाँजा’ सहिद उक्त मानिसलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धोबिनि गाउँपालिका वार्ड नं. ५, धोबिनि निवासी ४० वर्षीय समसुल मियाँ रहेको प्रहरीले जनाएको छ । चौकीको दक्षिण भारततर्फ साईकलको क्यारियरमा बोरामा राखेर लैजादै गरेको समयमा चेक जाँच गर्दा उक्त गाजा बरामद भएको प्रहरीले जनाएको छ ।
लागु औषध गाँजासहित मियाँलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखि थप अनुशन्धान भईरहेको प्रहरी निरिक्षक दिपक थापाले बताउनुभयो ।