नेकपाको दाहाल–नेपाल पक्षले आह्वान गरेको आमहड्तालको प्रभाव देशभर | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

नेकपाको दाहाल–नेपाल पक्षले आह्वान गरेको आमहड्तालको प्रभाव देशभर

काठमाडौं, २२ माघ । नेकपाको दाहाल–नेपाल पक्षले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको छ । आमहडतालका करण लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन ।

शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् । गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरे पनि सार्वजनिक सवारी साधन चलेका छैनन् ।

विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ ।

प्रहरीका अनुसार देशभर ९७ जना पक्राउ परेका छन् काठमाडौं उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपा दाहाल –नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपाल सडकमा निस्कनु भएको छ ।

दाहालले बलमिच्याइँ गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताउनु भएको छ । रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

दाहाल नेपाल पक्षका संघर्ष समिति संयोजक समेत रहेका नेता नमाराणकाजी श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);