बुटवलमा आम हड्तालको प्रभाव, कार्यकर्ताहरु बिहानैदेखि सडकमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

बुटवलमा आम हड्तालको प्रभाव, कार्यकर्ताहरु बिहानैदेखि सडकमा

कपिल अधिकारी
बुटवल, २२ माघ ।
नेकपाको प्रचण्ड–नेपाल समुहले गरेको आम हड्तालको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ । कार्यकर्ताहरु बिहानैदेखि सडकमा छन् ।

बुटवलको गोलपार्क,ट्राफिक चोक ,पुष्पलाल पार्क , मिलन चोक, चौराहामा नेकपाका कार्यकर्ताको बाक्लो उपस्थिती रहेको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ । सडकमा हिडेका साना–ठुला सवारीलाई कार्यकर्ताले रोकेका छन ।

ठाउँठाउमा टायर बालेर प्रर्दशन समेत गरेका छन । बन्दले गर्दा रुपन्देही जिल्लाको जनजिवन प्रभावित भएको छ । यातायातका साधन, उद्योग , ब्यवसाय, शैक्षिकसंस्था बन्द छन् । बुटवलको राजमार्ग चौराहाको मूल सडकमा ट्याक्टर तेर्साएर बाटो बन्द गराइएको छ ।

यता आइसिआइ पथ मिलनचोकमा भने २ वटा ट्रक राखेर बाटो अबरुद्ध गरिएको छ । प्रहरी प्रशासनले बुटवलक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीले साइरन बजाउदै चोकचोक र गल्ली गल्लीमा बन्दकर्तालाइ तितर बितर बनाउन हिडीरहेको छ ।

Leave a Reply