काठमाडौं,२० असोज । गैर आवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलन नजिँकिदै जाँदा नयाँ नेतृत्वका आकांक्षीहरु आ आफनो एजेण्डासहित धमाधम उम्मेदवारी प्रस्तुत गर्दैछन् ।
यसैविच लामो समयदेखि जापानमा बस्दै आएका व्यवसायी, समाजसेवी चिरन्जीवी थापाले पनि केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रेष्टुरेन्ट, होटल, उर्जा, रेमिटयान्स, शिक्षा, वैंक लगायतको व्यवसायमा आवद्ध थापा २००५ देखि नै एनआरएनमा आवद्ध हुँदै आएका छन् ।
व्यक्तिगत होस या संस्थागत व्यवसायसँगै समाजसेवामा सक्रिय थापाले एक पटकको नेपाली सधै नेपाली, हाम्रो घर हाम्रै दायित्व, पुर्न्निमार्ण, सम्मानजनक वैदेशिक रोजगारीको समस्या, निराकरण र सृजना, भवन निमार्ण, भिजन ट्वान्टी ट्वान्टी, एनआरएन विशेष सहयोग कोष लगायतका एजेण्डा नै आफनो पहिलो प्राथमिकता रहेको थापाले वताए ।
एनआरएनए अभियानमा मैले जे–जति गरे त्यसलाई संस्थागत गर्न र विदेशमा रहेका नेपालीको हकहित संरक्षण गर्न शसक्त भएर लाग्ने छु । त्यस्तै विदेशमा आर्जन गरेको सीप र पूँजीलाई देशमा धेरै भन्दा धेरै भित्र्याउन विशेष पहल गर्नेछु थापाले भने ।
थापाले भुकम्प, नाकाबन्दी, बाढिपहिरोले मुलुक समस्याका परेका वेला समेत व्यक्तिगत सहयोग गरेका थिए । एक पटक नेतृत्व गर्ने मौका पाए व्यक्ति भन्दा पनि संस्थालाई अग्रणी भुमिकामा राखेर काम गर्ने प्रतिवद्धता थापाले व्यक्त गरे । एनआरएनएको विश्व सम्मेलन १४-१७ अक्टोबरमा काठमाडौंमा हुँदैछ । विश्वका ५७ वटा मुलुकमा संघको विस्तार भइसकेको छ ।