एसिया कप छनौट खेल्न आज नेपाली फुटबल टोली ताजकिस्तान जाँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

काठमाडौं, २० असोज । एसिया कप फुटबल छनौट खेल्न नेपाली टोली शुक्रबार बेलुकी ताजकिस्तान जाँदैछ। नेपालले पहिलो खेल आउँदो मंगलबार ताजकिस्तानसँग उसैको मैदानमा खेल्नेछ। एक महिनाअघि काठमाडौमा भएको खेलमा ताजकिस्तानसँग नेपाल पराजित भएको थियो।

नेपाली टोलीको गोलकिपर किरण चेम्जोङ, एलन न्यौपाने, र विकेश कुथु छन्। यस्तै, डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ्ग, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् भने मिडफिल्डरमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छन्।

यस्तै, फरवार्डमा विमल घर्तिमगर, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट छन्। छनौटको समूह एफमा रहेको नेपाल १ अंकसहित पुछारमा छ। फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा छ। यमनको ५ र ताजकिस्तानको ३ अंक छ । यो समूहको शीर्ष २ मा हुने टोलीले सन् २०१९ मा हुने एशिया कप फुटबल खेल्न पाउने छन्।