राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाले दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाले दोस्रो जित

काठमाडौँ, २० माघ । राष्ट्रिय महिला लिग फुटबलमा स्याङजाको वालिङ नगरपालिकाले दोस्रो जित दर्ता गरेको छ ।मंगलबार भएको खेलमा वालिङले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले हराएर जारी लिगमा दोस्रो जित दर्ता गरेको हो ।

ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा वालिङको जितमा विदेशी खेलाडी मेथो रुटले दुई तथा टोउटा ओर्नेलाले १ गोल गरिन् । जारी प्रतियोगितामा रुथको गोल संख्या नौ पुगेको छ ।

मंगलबार मध्यान्तर अघि दुई शुन्यले अघि रहेको वालिङले दोस्रो हाफमा एक गोल थप्यो । यो जितसँगै वालिङले ६ खेलमा दुई जित र दुई बराबरीका साथ आठ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । चन्द्रपुरको ६ खेलमा तीन अंक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);