अस्ट्रेलियाको पर्थको जंगलमा डढेलो, वरपरका बासिन्दा बिस्थापित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

अस्ट्रेलियाको पर्थको जंगलमा डढेलो, वरपरका बासिन्दा बिस्थापित

एजेन्सी, २० माघ । अस्ट्रेलियाको पर्थको बाहिरी क्षेत्रको जंगलमा डढेलो लाग्दा जोखिम बढेको भन्दै वरपरका बासिन्दालाई बिस्थापित गरिएको छ ।

अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा रहेको पर्थ बाहिरी इलाकामा लागेको डढेलो फैलिन थालेपछि वरपरका बासिन्दालाई बिस्थापित गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएका बेला डढेलोको डरले बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्नु पर्ने बाध्यता आएको हो । पर्थको दक्षिणी क्षेत्रमा आगलागीका कारण कम्तीमा ३० वटा घर ध्वस्त भएको बताइएको छ ।

अहिलेसम्म सात हजार हेक्टर भन्दा बढि क्षेत्रमा आगो फैलिएको छ । तीव्र गतिमा चलेको हावा र गर्मीका कारण आगो फैलिएको जनाइएको छ । पर्थको तापक्रम पछिल्लो समय ३५ डिग्री सेल्सियसको हाराहारीमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);