वीरगञ्ज, १७ माघ । दोश्रो मेयर रनिङ्ग शिल्ड प्रतियोगीता–२०७७ को आज आदर्शनगर रंगशालामा भव्य रुपमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।तराईमा परेको चिसोले गर्दा पनि दोश्रो मेयर रनिङ्ग शिल्ड प्रतियोगीतामा अधिकान्स विद्यालयहरुको सहभागीता रहेको थियो ।
एक साता सम्म चलिने यस मेयरकप मा सामुदायीक विद्यालय र निजी विद्यालय गरी ५० वटा विद्यालयहरु ले प्रतिस्पर्धा मा भाग लिएका छन् । आज भएको उद्धघाटन कार्यक्रम मा सर्वोत्कृष्ट मार्च–पास विद्यालयलाई समेत सम्मानीत गरिएको छ ।
मार्च–पासमा प्रथम स्थानमा निजी विद्यालय जि.एच.पी मा.वी, दोश्रोमा सामुदायीक विद्यालय श्रपिुर मा.वी र तेश्रो स्थानमा निजी विद्यालय साउथ जोन मा.वी ले जित हाँसील गरेको छ् ।
यस रनिङ्ग शिल्ड प्रतियोगीतामा २५ वटा भन्दा बढि खेलकुदहरु समावेश भएको मेयर कपका अध्यक्ष मेयर विजय कुमार सरावगी ले जानकारी दिनु भयो । उद्धघाटन कार्यक्रम मा प्रदेश नं.२ का मन्त्री विजय यादव, प्रदेश सांसद रमेश प्रसाद कुर्मी लगायत को उपस्थितीरहेको थियो ।