आज कांग्रेस केन्द्रीय समितिको बैठक, उम्मेदवार चयनको मापदण्ड सहितका विषयमा छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

काठमाडौं, २० असोज । आज सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने छ। सत्ता साझेदार माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल थालेपछि कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाउनेबारे पनि छलफल हुने बताइएको छ। एमाले-माओवादी गठबन्धन बनेपछि कांग्रेसले पनि अरु पाँच दललाई साथ लिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ।

ताजा समाचार