सहिद दिवसको उपलक्ष्यमा बिधालय स्तरीय नृत्य कला प्रतियोगितामा माउन्ट एभरेष्ट स्कुल प्रथम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

सहिद दिवसको उपलक्ष्यमा बिधालय स्तरीय नृत्य कला प्रतियोगितामा माउन्ट एभरेष्ट स्कुल प्रथम

सर्लाही, १६ माघ । नेपाली डि पी वैटल सर्लाहीले सहिद दिवसको उपलक्ष्यमा बिधालय स्तरीय निमाबि अन्तर्गत नृत्य प्रतियोगिताको आयोजना गरेको छ । मलङ्वा नगरपालिकाका मेयर निरसल साहको प्रमुख आतिथ्यता तथा डि।पी बैटलका जिल्ला अध्यक्ष प्रीन्स गुप्ताको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विशिष्ट, अतिथी सहारा मल्टी पर्पस को। सो। लि। का मुख्य प्रबन्धक सुनिल कुमार गुप्ता, अतिथिमा पुर्व प्र।अ। महेन्द्र प्रसाद, मानव अधिकारवादी मुकेश मिश्र, सगरमाथा स्कुलका प्रिन्सिपल तिलक क्षेत्री, लगायत बिधालयका शिक्षक–शिक्षकाहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

बालमंदिर मलंगवामा भएको कार्यक्रममा निजी बिधालयका छात्र–छात्राहरुले नृत्य प्रस्तुत गर्दै सहभागी भएका थिए । नृत्य प्रतियोगितामा ११ वटा बिधालय सहभागि रहेपनि क्रमशः माउन्ट एभरेष्ट पहिलो सगरमाथा दोस्रो, साउथ प्वाइन्ट तेस्रो र अलफलाइन बोर्डिङ स्कुल चौथो भएका छन् ।

मलङ्वा नगरपालिका मेयर निरसल साहले पहिलो दोस्रो र तेस्रोलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);