ईयूद्वारा एस्ट्राजेनिकासँग कोरोनाविरुद्ध खोपको थप मात्रा उपलब्ध गराउन माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

ईयूद्वारा एस्ट्राजेनिकासँग कोरोनाविरुद्ध खोपको थप मात्रा उपलब्ध गराउन माग

एजेन्सी, १५ माघ । युरोपेली युनियन ईयूले औषधी कम्पनी एस्ट्राजेनिकासँग कोरोना विरुद्ध खोपको थप मात्रा उपलब्ध गराउन माग गरेको छ । एस्ट्राजेनिकाले यो वर्षको पहिलो चौमासिकमा यसअघि प्रतिवद्धता गरेको मात्राको केही अंश मात्र आपूर्ति गर्न सक्ने बताइरहदाँ इयुले अर्डर अनुसार खोप उपलब्ध गराउन माग गरेको हो ।

ईयूले एस्ट्राजेनिकालाई बेलायतमा रहेको उत्पादन केन्द्रबाट खोपको थप मात्रा उपलब्ध गराउन माग गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कम्पनीले युरोपमा रहेका उत्पादन केन्द्रमा समस्या आएको कारण समयमै आवश्यक मात्रामा खोप उपलब्ध गराउन नसकेको बताइरहेको छ । तर ईयूले त्यस्तो अभावलाई अन्यत्रको उत्पादनले नै भए पनि पूर्ति गर्नुपर्ने जनाएको छ ।

खोप दिने काममा भइरहेको ढिलासुस्तीका लागि ईयूभित्रै उक्त क्षेत्रिय संगठनको समेत आलोचना भइरहेको छ । खोप अभावका कारण युरोपियन युनियनका सदस्य राष्ट्रहरुमा अभियान नै प्रभावित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);